चितवनमा १२९ जना नयाँ कोरोना संक्रमित थपिए ,१५ जनाको निधन

सफल खबर संवाददाता

सोमबार, १० जेठ २०७८, १८ : ०७
चितवनमा १२९ जना नयाँ कोरोना संक्रमित थपिए ,१५ जनाको निधन

चितवन । चितवनमा  आज एकै दिन १५ जना कोरोना संक्रमितहरुको निधन भएको छ ।स्वास्थ्य कार्यालय चितवनले आज विगत २४ घण्टाको तथ्यांक सार्वजनिक गर्दै मृतकमध्ये भरतपुर अस्पतालमा १ जना, चितवन मेडिकल कलेजमा ७ जना, पुरानो मेडिकल कलेजमा ६ जना, क्यान्सर अस्पतालमा १ जना रहेका छन् । त्यसैगरी चितवनका विभिन्न अस्पतालबाट आज ६० जना डिस्चार्ज भएका छन् ।

त्यस्तै चितवनका विभिन्न अस्पतालका आईसीयूमा २३३ जना, भेन्टिलेटरमा ६० जना, एचडीयूमा ७३ जना, सामान्य बेडमा १६७ जना गरी जम्मा ४७३ जना कोरोना संक्रमितको उपचार भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

चितवनमा आज १२९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जसमध्ये भरतपुर नगरपालिकामा ८८ जना, खैरहनी नगरपालिकामा ११ जना, माडीमा ५ जना, रत्ननगरमा १२ जना, राप्तीमा ९ जना, कालिकामा २ जना र इच्छाकामनामा २ जना संक्रमित थपिएका छन् । योसँगै चितवनमा जम्मा संक्रमितको संख्या १२ हजार ७९६ जना र संक्रिय संक्रमितको संख्या चार हजार ७४१ पुगेको छ ।