काठमाडौं । भारतका विदेशमन्त्री एस. जयशंकरले गैरकानुनी रुपमा अमेरिकामा बसिरहेका भारतीयहरुलाई स्वदेश फिर्ता गर्न तयार भएको बताएका छन् । भारतीय मिडिया दि प्रिन्टका अनुसार जयशंकरले ‘वैधानिक फिर्तिको लागि खुला’ भएको बताएका छन् । जयशंकरले अमेरिकी समकक्षी मार्को रुबिओलाई यो जानकारी दिएको पनि बताएका छन् ।
सोमबार अमेरिकाको ४७ औं राष्ट्रपति चयन भएका डोनाल्ड ट्रम्पले गैरकानुनी आप्रवासीहरुलाई धमाधम उनीहरुकै देशमा फिर्ता गर्ने, दक्षिणी सीमामा संकटकाल लगाएर सेना परिचालन गर्ने लगायतका मुद्दामा जोड दिएसँगै भारतीय विदेशमन्त्रीको यस्तो कुरा आएको हो ।
भारत ल्याटिन अमेरिकी देशहरुपछि सबैभन्दा धेरै गैरकानुनी आप्रवासी अमेरिका प्रवेश गर्ने एक स्रोत मुलुक हो । सन २०२४ को तथ्यांक अनुसार मेक्सिको, होन्डुरस, ग्वाँटेमाला पछि भारतबाट गैरकानुनी रुपमा अमेरिका पुग्नेहरुको ताँती चौथों ठूलो संख्यामा छ ।
सन २०२४ मा मात्रै २६४७ जना भारतीयहरु गैरकानुनी रुपमा अमेरिका प्रवेश गर्दा पक्राउ परेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० माघ २०८१, ११ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जयशंकरले गरे पदभार ग्रहण, परराष्ट्रमन्त्री श्रेष्ठले दिए बधाई