जस्टिन बिबरले श्रीमती हेलीलाई इन्स्टामा ‘अनफलो’ गरेपछि भयो डिभोर्सको चर्चा

सफल खबर संवाददाता

शुक्रबार, ११ माघ २०८१, १४ : २३
जस्टिन बिबरले श्रीमती हेलीलाई इन्स्टामा ‘अनफलो’ गरेपछि भयो डिभोर्सको चर्चा

काठमाडौं । पपस्टार जस्टिन बिबर र सुपरमोडल हेली बिबरको सम्बन्ध विश्वभर चासोको विषय बन्ने गर्छ । नेपालमा समेत यो जोडीलाई पछ्याउने जेन(जीको संख्या उच्च छ ।

यी दुईबीच अफवाह बेला(बेलामा आउँछन् र यो नौलो होइन । केही दिनदेखि यो जोडीलाई लिएर नयाँ हल्ला फैलिएको छ र इन्टरनेटमा आँधीको रुप लिएको छ । त्यो हो( यी दुईबीचको कथित सम्बन्धविच्छेदको ।

यो हल्ला आफैमा सत्य भने होइन । पिपल म्यागजिनले यी दुईजना ‘ठीकठाक’ रहेको बताएको छ । स्रोतले म्यागजिनसँग भन्यो-उनीहरूको पारिवारिक जीवन राम्रो छ र एकअर्कालाई आफ्नो लक्ष्यमा अघि बढ्न प्रोत्साहन दिँदै रमाइलो गरिरहेका छन् ।’

स्रोतले पिपल म्यागजिनसँग यो पनि भन्यो कि दम्पतीसँग धेरै समय बिताउने कुनै पनि व्यक्तिले उनीहरू दुबै कत्तिको ‘प्रेममा’ छन् र विवाहबारे उनीहरू कत्तिको प्रतिबद्ध छन् भनेर यकिनसहित बताउन पनि सक्छ । स्रोतले यो पनि भन्यो कि जस्टिन र हेली दुबै, ‘आफ्नो उमेरले एकसाथ परिपक्व छन् । यो एक विशेष विवाह हो ।

स्रोतले गरेको यो खुलासाले यो जोडीको वैवाहिक स्वर्गमा कुनैपनि समस्या नआएको भनेर प्रशंसकलाई आश्वस्त तुल्याउने प्रयत्न हुनुपर्छ । गायकले आफ्नी श्रीमतीलाई इन्स्टाग्राममा अनफलो गरेको खबर बाहिरिएपछि यी दुईबीच डिभोर्स हल्ला फैलिएको हो ।

यद्यपि, जस्टिनले हल्लालाई खण्डन गर्न धेरै समय लगाएनन् । उनले इन्स्टाग्राम स्टोरीमा एक पोस्ट सेयर गदै हल्लालाई खारेज गरे । कुनै व्यक्ति आफ्नो इन्स्टाग्राम ह्याण्डमा पुगेर हेलीलाई अनफलो गरेको भन्दै पिपल म्यागजिनले खबर लेखेको छ ।

प्रतिक्रिया दिनुहोस