कोरोना अपडेट : पछिल्लो २४ घण्टामा थप ८ हजार ९ सय ८० जनामा कोरोना पुष्टि, १ सय २९ जनाको मृत्यु

सफल खबर संवाददाता

शनिबार, ०८ जेठ २०७८, १७ : ०६
कोरोना अपडेट : पछिल्लो २४ घण्टामा थप ८ हजार ९ सय ८० जनामा कोरोना पुष्टि, १ सय २९ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार ९८० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ५ लाख १० हजार ८६ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सोही समयमा ८ हजार ८ सय ४८ सङ्क्रमित निको भएका छन् । एकै दिन सङ्क्रमणमुक्त भएका सङ्क्रमितको सङ्ख्या अहिलेसम्मकै उच्च हो । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ३ लाख ८३ हजार ६ सय ८४ पुगेको छ ।

नेपालमा कोरोना भाइरसबाट बितेको २४ घण्टामा थप १२९ जनाले ज्यान गुमाएका छन् । हालसम्म कोरोनाबाट ६ हजार १ सय ५३ जनाको मृत्यु भएको छ ।

अहिले १ लाख १५ हजार ८०६ जना सङ्क्रमित आइसोलेसनमा छन् ।