चितवन । भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले भरतपुर महानगर जनताको स्वास्थ्यप्रति संवेदनशील रहेको भन्दै झुटको खेती र भ्रमको खेती नगर्न आग्रह गरेकी छिन् । कोरोनाबाट मृत्यु भएकाको शव जलाएर भरतपुर महानगरले २८ हजार असुलेको भन्ने केही सञ्चारमाध्यममा आएको समाचार प्रति उनले आपत्ती व्यक्त गर्दै समाचारको खण्डन गरेकी हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाट्स लेख्दै दाहालले कोरोनाको यस्तो भयाबह अवस्थामा पनि झुटको राजनीती र भ्रमको खेति गर्दै घटिया राजनिती कहिले सम्म गर्छौं ? भन्दै प्रश्न समेत गरेकी छन्। दाहालले लेखेकी छन्, ‛ उक्त समाचार पूर्ण रूपले कपोकल्पित र झुटो रहेको साथै महानगरले कुनै पनि लास व्यवस्थापन गरेर पैसा नलिएको र शव जलाउने कार्य महानगरको नरहेको र नभएको प्रष्ट पार्न चाहन्छु। महानगरले यस्तो गर्यो भनेर गरिएको यस्ता खाले भ्रमपूर्ण समाचार सम्प्रेषण गर्नेलाई आवश्यक कार्बाहीको माग गर्दछु।’
मेयर दाहालले भरतपुर महानगरले बिगतदेखि हालसम्म कोरोना कहरमा जनउत्तरदायी भई आफ्नो बलबुताले भ्याएसम्म ईमान्दारितापूर्ण उपाए र कोसिस गर्दै आएको पनि बताएकी छिन् । उनले कोरोनाबाट मृत्यु भएकाहरूको शवको व्यवस्थापन गरिने दायित्व केन्द्र सरकारले सेना प्रहरी प्रशासनलाई तोकेको र आजसम्म ब्यवस्थापन पनि त्यसरी नै हुँदै आएको स्मरण समेत गराएकी छिन् ।
उनले स्थानीय सरकारको तर्फबाट कोरोना संक्रमित सम्पूर्ण शव व्यवस्थापनका लागि महानगरले जेसिबी र चालकको व्यवस्था गर्दै आएको उल्लेख गरेकी छिन् । हाल महानगरले संक्रमित बिरामीका लागि उपचारमा सहज होस् भनेर ४ वटा एम्बुलेन्सको निशुल्क व्यवस्थासँगै शव वाहनको पनि निशुल्क व्यवस्था महानगरले गर्न लागेको पनि जानकारी दिएकी छिन् ।
कोरोना संक्रमणको यो महामारीमा महानगरले केही नगरेको प्रति ईगिंत गर्दै उनले भनेकी छिन्–‘महानगरमा कोरोना संक्रमितलाई लक्षित गर्दैै अक्सिजन सहितको ३० बेडको आईसोलेसन कक्ष तयार गरिएको र एन्टिजेन परिक्षण ४ ठाउँबाट अगाडी बढेको छ ।’ उनले यस्तो भयावह अबस्थामा सत्य तथ्य समाचार संप्रेषण गर्न आग्रह गर्दै झुटो समाचार प्रेषित गरी भ्रम छर्ने काम नगर्न आग्रह गरेकी छिन् ।सो अवसरमा प्रमुख दाहालले कोरोना महामारियंग जोगिनुनै सबै भन्दा महत्वपूर्ण हुनै बताउदै सरकारले जारिगरेका स्वास्थ्यमापदन्डलाई कडाईकासाथ पालना गर्न नगरवासी तथा जनसमुदायहरूलाई आग्रह समेत गरेकी छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ जेठ २०७८, ११ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगरका विद्यार्थीहरुको विद्यालयमा नै स्वास्थ्य परिक्षण तथा स्क्रिनिङ अभियान शुभारम्भ
चितवनको गाजर र चुकन्दर जर्मन निर्यात
भरतपुर महानगर र दाङको राप्ती गाउँपालिकाबीच भगनी सम्बन्ध कायम
भरतपुरमा भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सकियो
भरतपुर महानगरपालिकाद्धारा तीन पाङ्ग्रे अटोको रुट परमिट दिन सुरु
पुंगी खोलाको अवैध संरचना भत्काउने कार्य जारी