चितवन । चितवनको भरतपुर महानगर भित्रका विद्यार्थीहरुको विद्यालयमा नै स्वास्थ्य परिक्षण तथा स्क्रिनिङ अभियान शुभारम्भ भएको छ । भरतपुर महानगरका मेयर रेनु दाहाल र उपमेयर चित्रसेन अधिकारी र स्वास्थ्य विज्ञ सल्लाहकार डा.भोजराज अधिकारीले संयुक्त रुपमा स्वास्थ्य परिक्षणका लागि आवश्यक सामाग्री हस्तान्तरण गर्दै नारायणी नमुना माविबाट स्वास्थ्य परिक्षण तथा स्क्रिनिङ अभियान शुभारम्भ गरे।
भरतपुर महानगर भित्र अध्ययन गर्ने सामुदायिक विद्यालयका झण्डै ४२ हजार विधार्थीहरूलाई लषित गरि अभियान सुरु गरेको मेयर रेनु दाहालले जानकारी दिइन् ।
विद्यार्थीहरुमा रहेको स्वास्थ्य समस्य थाहा पाउने र सामान्य भएमा उपचार गर्ने उद्देश्यले स्वास्थ्य परीक्षण गरिएको हो । स्वास्थ्य समस्यका कारण विद्यालयमा विद्यार्थीहरुको अनुपस्थित हुने, अभिभावक र विद्यालय प्रशासनलाई समेत थाहा हुने भएकाले स्वास्थ्य परीक्षण गरिएको कार्यक्रम संयोजक केशव भट्टले बताए ।
विद्यालयको कक्षा युकेजीदेखि १२ कक्षासम्मका सबैजनाको स्वास्थ्य परीक्षण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० फागुन २०८१, १३ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनको गाजर र चुकन्दर जर्मन निर्यात
भरतपुर महानगर र दाङको राप्ती गाउँपालिकाबीच भगनी सम्बन्ध कायम
भरतपुरमा भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सकियो
भरतपुर महानगरपालिकाद्धारा तीन पाङ्ग्रे अटोको रुट परमिट दिन सुरु
पुंगी खोलाको अवैध संरचना भत्काउने कार्य जारी
भरतपुर महानगरमा छोरी बीमा कार्यक्रम