काठमाडौँ । कोभिड महामारीबीच नेपाल आयल निगमले आइतबार पेट्रोलियम पदार्थको मूल्य बढायो ।
पेट्रोलको मूल्य लिटरको १२३ रुपैयाँ डिजेल तथा मट्टीतेलको मूल्य १०६ रुपैयाँ पुगेको छ । महामारीका बीच जनतालाई राहत दिनुपर्ने बेला मूल्य बढाएको भन्दै निगमको आलोचना भएको छ ।
नेपाल आयल निगमका प्रबन्ध निर्देशक सुरेन्द्र कुमार पौडेलले अन्तराष्ट्रिय बजारमै बढेकाले यहाँ पनि मूल्य बढाउनुपरेको तर्क गरे । निगमको कारण भन्दापनि अन्तर्राष्ट्रिय मूल्य र करको कारण महँगो भएको उनको भनाइ छ ।
आजको नागरिक दैनिक लेख्छ–सरकारले इन्धनमा भन्सार महसुल, मूल्य अभिवृद्धि कर, सडक मर्मत सम्भार शुल्क, प्रदुषण कर लिने गरेको छ । यसका अतिरिक्त निगमले ढुवानी खर्च, बिक्रेताको नाफा, निगमको व्यवस्थापन खर्च, मूल्य स्रिीकरण कोषलगायत जोडेर भाउ निर्धारण गर्छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, ०४ जेठ २०७८, ०७ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बढ्यो पेट्रोलियम पदार्थको मूल्य
पेट्रोलको मूल्य बढ्यो
घट्यो पेट्रोलियम पदार्थको मूल्य, आजदेखि कति पर्छ ?
घट्यो पेट्रोलियम पदार्थको मूल्य
पेट्रोलियम पदार्थबाट सडक मर्मत शुल्कबापत झन्डै आधा खर्ब सङ्कलन
पेट्रोलियम पदार्थको मूल्य घट्यो