पेट्रोलियम पदार्थबाट सडक मर्मत शुल्कबापत झन्डै आधा खर्ब सङ्कलन

पत्रपत्रिकाबाट

विहीबार, २० भदौ २०८१, ०७ : ५२
पेट्रोलियम पदार्थबाट सडक मर्मत शुल्कबापत झन्डै आधा खर्ब सङ्कलन

काठमाडौ । पछिल्लो नौ वर्षको अवधिमा पेट्रोलियम पदार्थबाट सडक मर्मत शुल्कबापत झन्डै आधा खर्ब रुपियाँ सङ्कलन भएको छ । नेपाल आयल निगमको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७२/७३ देखि आव २०८०/८१ सम्म ४५ अर्ब ८० करोड रुपियाँ सङ्कलन भएको हो ।

सडक मर्मत शुल्कबापत पेट्रोल प्रतिलिटरमा चार रुपियाँ र डिजेलमा दुई रुपियाँ सङ्कलन गरिँदै आएको छ । पेट्रोलियम पदार्थ आयात हुने भन्सार विन्दुमा सो शुल्क उठाउने गरिन्छ । जुन रकम सरकारको खातामा सिधै जम्मा हुने गर्छ । 

निगमका अनुसार सडक मर्मत शुल्कबापत आव २०७२/७३ मा दुई अर्ब ५३ करोड रुपियाँ सङ्कलन भएको छ । यस्तै आव २०७३/७४ मा चार अर्ब २५ करोड रुपियाँ, आव २०७४/७५ मा पाँच अर्ब १३ करोड रुपियाँ सङ्कलन भएको छ । यस्तै आव २०७५/७६ मा पाँच अर्ब ७० करोड रुपियाँ सङ्कलन भएको छ । यस्तै आव २०७६/७७ मा चार अर्ब ९९ करोड, आव २०७७/७८ मा पाँच अर्ब ७५ करोड, आव २०७८/७९ मा छ अर्ब ४७ करोड सङ्कलन भएको निगमको तथ्याङ्क छ । यस्तै आव २०७९/८० मा पाँच अर्ब ४६ करोड र आव २०८०/८१ मा पाँच अर्ब ५२ करोड रुपियाँ सङ्कलन भएको तथ्याङ्क छ । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस