घट्यो पेट्रोलियम पदार्थको मूल्य

सफल खबर संवाददाता

आइतबार, ३० भदौ २०८१, २१ : १०
घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ ।नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेलको मूल्य घटाएको हो ।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ र डिजेलमा प्रतिलिटर ५ रुपैयाँ घटाइएको छ ।