काठमाडौ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ घटाएको छ । डिजेल र मट्टीतेलमा प्रतिलिटर रु पाँच र पेट्रोलमा प्रतिलिटर रु चारले भाउ घटाएको हो ।
भारतीय आयल निगमबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार भाउ घटेर आएकाले गएराति १२ बजेपछि लागू हुने गरी मूल्य घटाइएको नेपाल आयल निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
निगमको डिपो कार्यालयबाट १५ किलोमिटरसम्मका लागि पेट्रोलियम पदार्थको नयाँ खुद्रा बिक्री मूल्य कायम गरिएको पनि निगमले जनाएको छ । निगमले विभिन्न जिल्लालाई तीन वर्गमा विभाजन गरी त्यसै अनुसार मूल्य निर्धारण गरेको छ ।
निगमको नयाँ मूल्यसूचीअनुसार आजदेखि काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य १५९ रुपैयाँ तथा डिजेल र मट्टितेलमा १४९ रुपैयाँ मूल्य निर्धारण भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३१ भदौ २०८१, ०८ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पेट्रोलियम पदार्थको मूल्य घट्यो
वीरगञ्ज नाकाबाट ७ महिनामा १ खर्ब ४ अर्बको पेट्रोलियम पदार्थ आयात
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
पेट्रोलियम पदार्थबाट ३७ अर्ब राजस्व संकलन
बढ्यो पेट्रोलियम पदार्थको मूल्य
पेट्रोलको मूल्य बढ्यो