काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो र माधवकुमार नेपालको भेट फेरि हुनसक्ने बताएका छन् । अध्यक्ष प्रचण्डले माधव नेपालले धोका नदिएको बताए । अध्यक्ष प्रचण्डले भने, ‘माधवकुमार नेपालले धोका दिएको रूपमा त्यसरी मैले बुझ्दिनँ, हाम्रो भेट फेरि ७६ (५) मा हुनसक्छ ।’
कोरोनाविरुद्ध खोप लगाउन संसद भवन पुगेका दाहालले अबको राजनीतिक कोर्स चुनौतीपूर्ण र सम्भावनायुक्त रहेको बताए । प्रचण्डले भने, ‘म आशा गर्छु सत्यको पक्षमा, लोकतन्त्रको पक्षमा र संविधानको पक्षमा माधव नेपालसँग हाम्रो एकता रहन्छ ।’
संविधानको सो धारामा प्रधानमन्त्रीले ७६ (४) अनुसार विश्वासको मत प्राप्त गर्न नसकेमा बहुमत पुर्याउँछु भन्ने कुनै सदस्यलाई राष्ट्रपतिले ५ अनुसार प्रधानमन्त्री नियुक्ति गर्ने व्यवस्था छ । जहाँ सांसदहरूलाई दलको ह्वीप लाग्दैन । यस्तो बेलामा ७६ (५) मा माधव नेपालसँग भेट हुनसक्ने प्रचण्डको भनाइ छ । प्रचण्डले संविधान र लोकतन्त्र कमजोर पार्ने प्रवृत्तिसँग संघर्ष जारी रहने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३१ बैशाख २०७८, १७ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भाषा, संस्कृति तथा पहिचानको संरक्षण गर्नु राज्यको कर्तव्य हो : माधव नेपाल
ओली सरकार साना र प्रतिद्वन्द्वी पार्टीलाई समाप्त पार्न खोज्दैछ : माधव नेपाल
केपी ओली मुलुक सञ्चालनमा गम्भीर हुनुहुन्न : माधव नेपाल
प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा देशलाई लैजान हुँदैन : माधव नेपाल
कम्युनिष्ट भनिएकाहरूले मुलुक चलाए पनि जनता सन्तुष्ट छैनन् : माधव नेपाल
प्रचण्ड, माधव नेपाल र राजेन्द्र लिङदेनबिच छलफल