काठमाडौं । काठमाडौंमा हावाहुरीसँगै परेको चट्याङका कारण त्रिभुवन विमानस्थलको हवाई सेवा प्रभावित भएको छ । विमानस्थल कार्यालयका अनुसार शुक्रबार विदेशबाट काठमाडौं आएका चार अन्तर्राष्ट्रिय जहाजलाई भारत डाइभर्ट गरिएको छ ।
साउदीको दमामबाट आएको हिमालय एयरलाइन्सलाई भारतको वनारस पठाइएको छ । दिल्लीबाट आएको एयर इण्डियाको जहाजलाई समेत वनारस पठाइएको छ । दोहाबाट आएको कतार एयरवेजको जहाजलाई कोलकाता पठाइएको छ ।
दिल्लीबाट आएको नेपाल एयरलाइन्सको जहाजलाई दिल्ली नै फर्काइएको छ । आन्तरितकतर्फ समेत आकाशमै रहेका बेला ७ वटा जहाज डाइभर्ट गरिएको छ । ६ वटा बुद्ध एयरका जहाज र एउटा यति एयरको जहाज डाइभर्ट गरी सम्बन्धित गन्तव्यमै पठाइएको हो । साँझ ६ बजेपछि भने काठमाडौं विमानस्थलको भिजिविलिटीमा सुधार आएको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ बैशाख २०७८, १८ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भिजिबिलिटी कम हुँदा दुर्गमका उडान प्रभावित, सुगममा नियमित
खराब मौसमका कारण उडान प्रभावित