देशभरको तापक्रम ह्वात्तै बढेको छ। बुधबारदेखि देशभरको तापक्रम बढेको हो।
तापक्रमको वृद्धि भएसँगै आमनागरिकले गर्मीको महसुस गर्न थालेका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार विगत २४ घण्टाभित्र देशका अधिकांश भूभागको अधिकतम तापक्रममा वृद्धि भएको हो।
जसअनुसार नेपालगञ्जमा सबैभन्दा बढी ४० डिग्री सेन्टिग्रेड तापक्रम पुगेको छ।
त्यस्तै भैरहवाको तापक्रम ३९ डिग्री पुगेको छ। सिमराको ३८.२ डिग्री, जनकपुरको ३७.५, वीरेन्द्रनगरको ३६.४, विराटनगरको ३४.७, धनकुटाको ३१ र काठमाडौँको ३० डिग्री सेन्टिग्रेड तापक्रम रहेको छ। गोरखापत्रमा खबर छ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ०३ बैशाख २०७८, ०७ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अत्यधिक गर्मी बढेपछि विद्यालयमा बिदा
गर्मी अत्यधिक बढेपछि बिहीबार र शुक्रबार विद्यालय बन्द
गर्मी बढेपछि आइतबारदेखि वीरेन्द्रनगरका विद्यालय बन्द
गर्मीका कारण यूपीमा ५१ जनाको मृत्यु
गर्मीले कक्षामा बस्नै गाह्रो, विद्यार्थी नियमित विद्यालय आउन छाडे
तराईमा केहीदिन अत्यधिक गर्मी हुने