गर्मीका कारण यूपीमा ५१ जनाको मृत्यु

सफल खबर संवाददाता

विहीबार, १७ जेठ २०८१, १२ : ५६
गर्मीका कारण यूपीमा ५१ जनाको मृत्यु

नयाँ दिल्ली । भारतमा गर्मीका कारण दिनहुँ मृत्युका कयौं घटना बाहिर आइरहेका छन् । उत्तर प्रदेश बुधबार एकै दिन  गर्मीका कारण ५१ जनाको मृत्यु भएको छ । राज्यको बुन्देलखण्डमा अत्यधिक गर्मीका कारण सो दिन ३१ जनाको ज्यान गएको छ ।

जसमा महोबामा आठ, हमीरपुरमा सात, चित्रकूटमा छ, फतेहपुरमा पाँच, बान्दामा तीन र जलौनमा दुई जनाको मृत्यु भएको छ ।मृतकहरूमध्ये अधिकांश कुनै कामको लागि घर बाहिर निस्कँदा बाटोमा बेहोस भएका थिए । अस्पताल पुग्नुअघि नै उनको मृत्यु भइसकेको थियो ।

बहराइचको नानपारा र कैसरगञ्ज तहसिल क्षेत्रमा गर्मीका कारण दुई जनाको मृत्यु भएको छ । यस्तै प्रयागराजमा एक प्रहरी सहायक निरीक्षकसहित चार जनाको मृत्यु भएको छ ।ग्रेटर नोएडामा मेरठका एक वृद्धको गर्मीले मृत्यु भएको छ ।

बलियामा एक महिलाको मृत्यु भएको छ । वाराणसीमा ६, मिर्जापुरमा ३, आजमगढ, जौनपुर र सोनभद्रमा १–१ जनाको मृत्यु भएको बताइएको छ । यी सबैको मृत्यु हिटस्ट्रोकका कारण भएको हुनसक्ने आशङ्का गरिएको छ । मृत्युको वास्तविक कारण पोस्टमार्टमपछि मात्र खुल्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस