तनहुँ। तनहुँको आँबुखैरेनी गाउँपालिकाले पालिकाभित्रका सबै विद्यालय २ दिन बिदा गर्न निर्देशन दिएको छ ।अत्यधिक गर्मीका कारण विद्यालयमा हुने पठन-पाठन तथा विद्यार्थीको स्वास्थ्यमा समेत प्रत्यक्ष असर पर्न सक्ने देखिएकाले २०८१ जेठ ३१ र ३२ गते विद्यालय बिदा गर्न निर्देशन दिइएको हो ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जारी गरेको विज्ञप्तिमा सामुदायिक तथा संस्थागत सबै विद्यालयमा बिदा दिन अनुरोध गरिएको छ ।
'आँबुखैरेनी गाउँपालिकाको मिति २०८१/०२/३० गतेको निर्णयअनुसार विगत केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण विद्यालयमा हुने पठन-पाठन तथा विद्यार्थीको स्वास्थ्यमा समेत प्रत्यक्ष असर पर्न सक्ने देखिएकाले यही मिति २०८१/०२/३१ गतेदेखि २०८१/०२/३२ सम्म वर्षे विदाबाट मिलान हुने गरी गाउँपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूको पठन-पाठन नगर्नू/नगराउनू हुन सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,' जारी विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० जेठ २०८१, १५ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अत्यधिक गर्मी बढेपछि विद्यालयमा बिदा
गर्मी बढेपछि आइतबारदेखि वीरेन्द्रनगरका विद्यालय बन्द
गर्मीका कारण यूपीमा ५१ जनाको मृत्यु
गर्मीले कक्षामा बस्नै गाह्रो, विद्यार्थी नियमित विद्यालय आउन छाडे
तराईमा केहीदिन अत्यधिक गर्मी हुने
गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो