काँग्रेसले आज सरकार गठनमा केन्द्रित भएर अन्य दलसंग छलफल गर्दै

सफल खबर संवाददाता

शुक्रबार, २७ चैत्र २०७७, ०८ : ३८
काँग्रेसले आज सरकार गठनमा केन्द्रित भएर अन्य दलसंग छलफल गर्दै

कठमाडौं । नेपाली कांग्रेस सहित प्रमुख तीन राजनीतिक दलहरुबीच आज मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल हुने भएको छ ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार अपरान्ह ३ बजेका लागि नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी नेपालका शीर्ष नेतालाई छलफलका लागि आमन्त्रण गरेका हुन् । 

नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार मुलुकको समसामयिक परिस्थितिका बारेमा साझा धारणा बनाउन बैठकको आयोजना गरिएको हो । सरकार परिवर्तन हुनुपर्ने भनेर काँग्रेसले निर्णय नै गरिसकेको अवस्थामा बोलाइएको यो बैठकलाई महत्वका साथ हेरिएको छ ।