काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएका नहकुल सुवेदी र कुमार चुडालका सम्बन्धमा आगामी वैशाख ३ गते संसदीय सुनुवाइ हुने भएको छ ।
आइतबार बसेको समितिको बैठकमा उजुरीकर्तासँग छलफल भए पनि अर्को बैठकमा थप प्रक्रिया अघि बढाउने गरी बैठक टुंगिएको हो । आइतबार सांसदहरुको व्यस्तताका कारण बैठक चाँडै टुङ्ग्याइएको बताइएको छ ।
यद्यपि न्यायाधीशमा सिफारिस सुवेदीको योग्यतासम्बन्धी विवादलाई लिएर सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा चैत ३० गते फैसला आउने छ । संसदीय सुनुवाइ समितिमा पनि सुवेदीको योग्यतालाई लिएर उजुरी परेको छ । समितिले सर्वोच्चबाटै उक्त विषयमा फैसला भएपछि मात्र सुनुवाइ प्रक्रिया अघि बढाउने गरी अर्को बैठक वैशाख ३ गतेका लागि तोकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ चैत्र २०७७, १५ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रस्तावित राजदूत र न्यायाधीशको संसदीय सुनुवाइ १४ गते हुने
१८ देशका लागि सिफारिस राजदूतविरुद्ध उजुरी दिन समितिको आह्वान
प्रस्तावित निर्वाचन आयुक्त प्रधानको संसदीय सुनुवाइ शुक्रबार हुने