दार्चुलामा विदशी पाईलाले कुल्चिदैं छ, प्रधानमन्त्री ओली पदको खेल र झेलमा मग्न : भीम रावल

सफल खबर संवाददाता

बुधबार, ११ चैत्र २०७७, ०९ : ४६
दार्चुलामा विदशी पाईलाले कुल्चिदैं छ, प्रधानमन्त्री ओली पदको खेल र झेलमा मग्न : भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले दार्चुलामा भारतले एकतर्फी नेपाली भूमि मिचेर तटबन्ध निर्माण गरेको प्रति प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान नपुगेको उल्लेख गरेका छन् । 

सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै रावलले  महाकाली नदीमा भारतले एकतर्फी रुपमा बनाउँदै गरेको तटबन्ध निर्माण तत्काल रोक्न ओलीले कुनै वास्ता नगरेको आरोप लगाएका छन् । नेता रावलले ट्वीटरमा लेखेका छन्, ‛दार्चुलाको महाकाली नदी किनारमा नेपाल आमाको छातीमा विदेशी पाइलाले कुल्चिरहेछ, प्रमं केपी ओली वालुवाटारमा पदको खेल र झेलमा मग्न हुनुहुन्छ।

सत्ता र कुर्सीका सामु प्रमं केपी ओलीका लागि देशको भूभाग विदेशीले कब्जा गरोस् वा अतिक्रमण केही चासोको विषय नरहेको झैं देखियो–रहस्यमय मौनता।’ रावलले सत्ता र कुर्सीका सामु ओलीलाई देशको भूभागमा के भइरहेको छ, त्यो चासो नभएको आरोप समेत लगाएका छन्।