विराटनगर । नेकपा एमालेबाट निष्कासनमा परेका नेता भीम रावलले इटहरीमा राजावादी पक्षसँग भेटघाट गरेका छन् । इटहरीका विष्णु रिजालको घरमा रावलले शनिबार भेटघाट गरेका हुन् । रिजाल पनि राजावादी भनेर चिनिन्छन् ।
सो छलफलमा रावलले २०६२/६३ को दोस्रो जनआन्दोलनमा गणतन्त्र र धर्मनिरपेक्षता ल्याउने एजेन्डा नै नभएको दाबी गरेका छन् ।२०४७ सालमा संवैधानिक राजतन्त्र उल्लेख रहेको बताउँदै उनले राजाकै अगाडि आफूले मन्त्रीको सपथ गरेको पनि सम्झिए । ‘२०४७ सालमा संवैधानिक राजतन्त्र भयो, एमालेले पनि मानेको हो, त्यही अन्तरगत म पहिलोचोटी मनमोहनजीको पालामा मन्त्री भएको हो, राजाकै अगाडि उभिएर सपथ लिएको हो,’ उनले भने, ‘२०६२/६३ मा गणतन्त्र ल्याउने भन्ने थिएन, यो म तपाईंहरुलाई जानकारी गराउँछु, धर्ननिरपेक्षता पनि थिएन, संघीयता पनि थिएन ।’
आन्दोलनका क्रममा बाहिरबाट घुसपैठ भएर नेपालमा गणतन्त्र आएको उनले जिकिर गरे । ‘हामीले चाहिँ संगठन गर्ने, अभिव्यक्ति दिने कुरा गर्नुपर्छ, जुन संवैधानिक राजतन्त्र हो त्यही बाटोमा जाऔं भनेर सुरु गरियो,’ उनले भने, ‘जब आन्दोलन नियन्त्रणभन्दा बाहिर गयो अनि घुसाउनेहरुले ठयाक्कै आएर छिराए ।’
रावल यत्तिमै रोकिएनन् र भने, ‘अनि त्यो त कस्तो थियो भने कोशी नदी उर्लिएर आइसकेपछि तल केहीले छेक्दैन नि ।’ जनआन्दोलनलाई उनले कोशी उर्लिएको जस्तै संज्ञा दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ पुस २०८१, १२ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीम रावलले धनगढीमा माघ २६ गते मातृभूमि जागरण भेला गर्दै
भीम रावलले टुंग्याए पार्टीको नाम
भीम रावलको अभियानलाई शुभकामनासहित झलनाथको दिए तीन बुँदे सुझाव
सुनसरीमा तय भएको कार्यक्रम रोकिएपछि बाटोबाटै फर्किए भीम रावल
भीम रावललाई स्वागत गर्न नेकपा एस र दुर्गा प्रसाईँका कार्यकर्ता विमानस्थलमा
३१ पानामा ओलीको आलोचना, एक पानामा आफ्नो योजना (पूर्णपाठ)