विराटनगर । नेकपा एमालेको कारबाहीमा परेका नेता भीम रावललाई विराटनगरमा नेकपा एकीकृत समाजवादी पार्टी र दुर्गा प्रसाईंका समर्थकले स्वागत गरेका छन् ।
एमालेबाट निष्कासनमा परेपछि शनिबार विराटनगर आएका उनलाई विमानस्थलमा नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य वसिल आलमसहित नेताहरूले स्वागत गरे ।
उनलाई स्वागत गर्न दुर्गा प्रसाईंले नेतृत्व गरिरहेको ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ अभियान’का सदस्य सतिश पोखरेल लगायत पुगेका थिए ।पोखरेल दुर्गा प्रसाईंले सुरु गरेको अभियानको केन्द्रीय सदस्य हुन् । उनी राजावादी हुन् ।
भीम रावल निकट स्रोतका अनुसार रावललाई स्वागत गर्नका लागि एकीकृत समाजवादी पार्टीको युवा नेताहरूलाई बोलाइएको थियो । तर राजतन्त्रको पक्षधर पोखरेल भने आफ्ना केही सहयोगीसहित पुगेका थिए ।
कार्यक्रम पनि सर्यो
भीम रावल सुनसरीमा भरौल भेट्रान क्लबले आयोजना गर्ने अन्तर्राष्ट्रिय आमन्त्रण भरौल भेट्रान गोल्ड फुटबल प्रतियोगिताको उद्घाटनका लागि आएका थिए । तर उनले उद्घाटन गर्ने भनिएको कार्यक्रम भने २२ पुससम्मका लागि सरेको छ ।
विराटनगर विमानस्थलबाट भीम रावल कार्यक्रमका लागि भन्दै आएका आयोजककै गाडीमा हिँडेका थिए । तर उद्घाटन सरेपछि उनी भरौल चोक पुगेर फर्किए । ‘उहाँ आउनु भएको थियो तर उद्घाटन नै सरेपछि मैदान पुग्नु भएन्, भरौल चोकबाटै फर्कनुभयो,’ एकीकृत समाजवादीका एक नेताले भने ।
ती नेताका अनुसार नेकपा एमाले नेताहरूले दबाब दिएका कारण प्रतियोगिताको उद्घाटन सरेको हो । आयोजक स्रोतले पनि राजनीतिक दबाबका कारण उद्घाटन सरेको जनाएको छ ।
आज गर्ने भनिएको उद्घाटन २२ पुसमा हुनेछ । आयोजक क्लबका अध्यक्ष विमल कार्की हुन् । उनले प्रतियोगिता २२ गते उद्घाटन गर्ने भन्दै पुस १८ गते नै निर्णय गराएका थिए । आयोजक एउटा पक्ष भने स्वागत गर्नका लागि आएको थियो ।भरौल पुगेर फर्किएका रावलले मोरङ र सुनसरीमा भेटघाटमा लागेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० पुस २०८१, १६ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीम रावलको अभियानलाई शुभकामनासहित झलनाथको दिए तीन बुँदे सुझाव
दोस्रो जनआन्दोलनमा गणतन्त्र ल्याउने एजेन्डा थिएन : भीम रावल
भीम रावललाई स्वागत गर्न नेकपा एस र दुर्गा प्रसाईँका कार्यकर्ता विमानस्थलमा
३१ पानामा ओलीको आलोचना, एक पानामा आफ्नो योजना (पूर्णपाठ)
भीम रावलले सोधे केपी ओलीलाई पत्रकार सम्मेलनबाटै स्पष्टीकरण
भीम रावलले आज पत्रकार सम्मेलन गर्दै