काठमाडौँ । डा. भीम रावलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध प्रश्नको वर्षा गरेका छन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा पूर्वउपप्रधानमन्त्रीसमेत रहेका डा. रावलले एकपछि अर्को गर्दै प्रश्न गरेका हुन् ।
उनले आफ्नो प्रेस वक्तव्यको ३१ पाना प्रधानमन्त्रीसमेत रहेका ओलीविरुद्ध आलोचना र प्रश्न गर्न खर्चिएका छन् । एक पानामा उनले आफ्नो भावी योजना प्रस्तुत गरेका छन् ।
एमालेमा झण्डै पाँच दशक सक्रिय रहेका रावललाई एमालेको गत बुधवार बसेको सचिवालय बैठकले पार्टी सदस्यता समेत नरहने गरी निष्कासन गरेको थियो । २०७८ सालमा चितवनमा भएको दशौँ महाधिवेशनमा अध्यक्षका लागि केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेका रावल त्यसयता पार्टीमा निष्किृयजस्तै बनेका थिए ।
रावलले मातृभूमि जागरण अभियान सञ्चालन गर्ने घोषणा गरेका छन् । अभियान सञ्चालनपछि सोही अभियानलाई राजनीतिक पार्टीको रूपमा विकास गर्ने रावलको भनाइ छ । ‘देशमा देशभक्तिपूर्ण राजनीतिक शक्ति अपरिहार्य आवश्यक छ । यसैका निम्ति हाम्रो पाइला अघि बढ्ने छ’, उनले भने ।
उनका अनुसार मातृभूमि जागरण अभियान राष्ट्रव्यापी अभियान चलाइने छ । सो क्रममा भ्रष्टाचार र कुशासनका विरुद्ध जनतालाई जागरुक बनाइने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ पुस २०८१, १५ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीम रावलले धनगढीमा माघ २६ गते मातृभूमि जागरण भेला गर्दै
भीम रावलले टुंग्याए पार्टीको नाम
भीम रावलको अभियानलाई शुभकामनासहित झलनाथको दिए तीन बुँदे सुझाव
दोस्रो जनआन्दोलनमा गणतन्त्र ल्याउने एजेन्डा थिएन : भीम रावल
सुनसरीमा तय भएको कार्यक्रम रोकिएपछि बाटोबाटै फर्किए भीम रावल
भीम रावललाई स्वागत गर्न नेकपा एस र दुर्गा प्रसाईँका कार्यकर्ता विमानस्थलमा