काठमाडौँ । प्रतिनिधिसभाको बैठक मंगलबार बस्दैछ । संसद सचिवायलका अनुसार दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले न्याय परिषद र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन तथा महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूचि रहेको सचिवालायले जनाएको छ ।
यस्तै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूचि रहेको संघीय संसदमा महासचिव डा. भरतराज गौतमले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १० चैत्र २०७७, ०८ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधिसभा बैठक अझै सुरू हुन सकेन
‘माओवादी हिंसा’ शब्द नहटाएसम्म संसद अवरोध जारी राख्ने माओवादीको निर्णय
प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने
प्रतिनिधिसभा बैठकको कार्यसूची हेरफेर
गगनप्रति रविको प्रश्न- मैले सहकारीबाट ऋण लिएको प्रमाण खोइ ?
भोलि बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन एमाले सांसदलाई ह्विप