बोलेरोले किचेर एकजनाको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, २५ फागुन २०७७, १३ : ०९
बोलेरोले किचेर एकजनाको मृत्यु

काठमाडौं । दोलखामा बोलेरोले किच्दा एक जनाको मृत्यु भएको छ । बैतेश्वर गाउँपालिका–६ नाम्दु पैयुँखोलास्थित भित्री सडकमा बा १४ च ९९९३ नम्बरको बोलेरोले किचेर दोलखा बैतेश्वर गाउँपालिका–६ नाम्दु बस्ने ४० वर्षीय बद्री थामीको मृत्यु भएको हो ।

सोही बोलेरोमा यात्रा गरी आएका बद्रीले बोलेरोको सापट भाँचिदा ओत हाल्ने क्रममा बोलेरो ब्याक भई सोही बोलेरोले किच्दा उनको घटनास्थलमै मृत्यु भएको हो । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।