कैलाली । धनगढीमा अटो रिक्सामा बेहोस भएका एक जनाको मृत्युु भएको छ।
सुदूरपश्चिम प्रदेश ०१-००१ ह ४८८७ नम्बरको अटोमा सवार रहेका बेला बेहोस भएका धनगढी उपमहानगरपालिका-४ का ४६ वर्षीय भुवन खत्रीको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कबिन्द्रसिंह बोहराकाअनुसार अटोमा सवार रहेका बेला खत्री एक्कासी बेहोस भएको थिए।
उनलाई उपचारका लागि माया मेट्रो अस्पताल लगिएको थियो। तर उनको उपचारका क्रममा मृत्युु भएको प्रहरीले जनाएको छ।
डीएसपी बोहराका अनुसार घटनाको बारेमा सोधपुछका लागि अटो चालक धनगढी उपमहानगरपालिका-४ का ४० वर्षीय नारायण थापा र अटोमा सवार यात्रु धनगढी-३ बस्ने ४२ वर्षीया मन्जुरी खानलाई नियन्त्रणमा लिइएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ पुस २०८१, ०९ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
करेन्ट लागेर झापामा एक जनाको मृत्यु
कैलालीमा पानीमा डुबेर मृत्यु
नेपाली विद्यार्थी मृत्यु प्रकरण: कलेजका कर्मचारीहरू निलम्बित
अवैध सुनखानी भत्किँदा मालीमा कम्तीमा ४८ जनाको मृत्यु
रेलवे स्टेसनमा भागदौड हुँदा मृत्यु हुनेको संख्या १८ पुग्यो
तीव्र गतिको मोटरसाइकल टिपरमा ठोकिँदा युवकको मृत्यु