नवलपरासी । नवलपरासी पश्चिमको सुनवलमा उद्योग परिसरमा क्रेनले किच्दा एकजना मजदुरको मृत्यु भएको छ।
सुनवल नगरपालिका ७ चारपालास्थित लक्ष्मी स्टिल उद्योग परिसरमा भएको दुर्घटनामा रुपन्देहीको मायादेवी गाउँपालिका ५ तिलौरा बस्ने २५ वर्षीय सुरेश चौधरीको मृत्यु भएको हो।
उनी सोही उद्योगमा कार्यरत मजदुर हुन्। उद्योगभित्र काम गरिरहेको अवस्थामा अचानक चप्पल चिप्लिँदा उनी लडेका थिए। सोही क्रममा उद्योगको सामान ओसार्ने लु १ क ३००१ नम्बरको क्रेनको चक्काले किच्दा उनी गम्भीर घाइते भएका थिए।
उनलाई उपचारको लागि देवदह मेडिकल कलेज भलुही पुर्याउँदा डाक्टरले मृत घोषणा गरेका डीएसपी रेशम बोहराले जानकारी दिए।
उनको शव पोष्टमार्टमका लागि भिम अस्पताल रुपन्देहीमा राखिएको छ। दुर्घटनापछि क्रेन र त्यसका साहुलाई प्रहरीले पक्राउ गरेको छ। क्रेन चालक भने घटनापछि फरार छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ पुस २०८१, ०९ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिन्धुलीमा बाबुको कुटपिटबाट छोराको मृत्यु
नारायणी नदी किनारबाट उद्दार गरिएका पुरुषको आश्रममा मृत्यु
बसको ठक्करबाट सशस्त्रका इन्स्पेक्टरको मृत्यु
बसले किच्दा प्रहरी निरीक्षक तुलाधरको मृत्यु
मकवानपुरमा कुटपिटबाट घाइते भएका पुरुषको उपचारको क्रममा मृत्यु
योट दौडको क्रममा अस्ट्रेलियामा दुई जनाको मृत्यु