ललितपुरमा जिपको ठक्करबाट  किशोरीको मृत्यु

सफल खबर संवाददाता

बुधबार, १९ फागुन २०७७, १० : ४९
ललितपुरमा जिपको ठक्करबाट  किशोरीको मृत्यु

काठमाडौं । ललितपुरको एकान्तकुनामा बुधबार बिहान जिपको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक घर भइ हाल ललितपुरकै बागडोलमा बस्दै आएकी १९ वर्षीया अन्जु दाहाल छिन् । उनी कोटेश्वर बहुमुखी क्याम्पसमा अध्ययनरत थिइन् । 

बिहान सवा ५ बजे कलेज जाने क्रममा बाटो पार गर्दै गरेकी दाहाललाई स१ज ५६७ नम्बरको जिपले ठक्कर दिएको थियो । दुर्घटनालगत्तै पाटन अस्पताल लगिएकी उनको अस्पतालमै मृत्यु भएको हो ।