काठमाडौँ। मंगलबार बिहान चीनमा गएको भूकम्पपछि १२ सयभन्दा बढी परकम्पहरू गएको चिनियाँ सञ्चारमाध्यमले जानकारी दिएको छ । सिन्ह्वाका अनुसार बिहीबार दिउँसोसम्म १ हजार २११ पटक परकम्प गएको हो ।
मंगलबार बिहान बेइजिङ समय अनुसार ९ बजेर ५ मिनेट जाँदा सिजाङको डिंग्री काउन्टी केन्द्रबिन्दु भएर ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यस यता सबैभन्दा ठुलो ४.४ म्याग्निच्युडको परकम्प रहेको छ । ३ म्याग्निच्युडभन्दा माथिका ३३ वटा परकम्प गएको त्यहाँको रिजनल अर्थक्वेक ब्युरोले जनाएको छ । भूकम्पमा परी १ सय २६ जनाले ज्यान गुमाएका छन् भने १ सय ८८ जना घाइते भएका छन् । त्यस्तै, भग्नावशेषमा फसेका ४ सय ७ जनाको उद्धार गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ पुस २०८१, १६ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विनाशकारी भूकम्पको संघारमा भारत
चीनमा भूकम्प, काठमाडौँसम्म धक्का महसुस
जाजरकोट भूकम्पमा परी आठ जना घाइते
जाजरकोटमा लगातार दुई पटक भूकम्पको धक्का
म्यान्मारमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या तीन हजारभन्दा बढी पुग्यो
जापानमा शक्तिशाली भूकम्प