पोखरा । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अदालतमा उपस्थित रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सबै अभियुक्तहरूको तर्फबाट बहस सकिएको छ।
जिल्ला अदालत, कास्कीका न्यायाधीश नितिज राईको इजलासमा थुनछेक प्रयोजनका लागि पुस १६ गते सुरु भएको बहसमा जाहेरवाला, सरकारी वकिल र प्रतिवादीका तर्फको एकसरो बहस सकिएको हो।
आजै जाहेरवालका तर्फबाट जवाफी बहस सुरु भएको जिल्ला सरकारी वकिल कार्यालय प्रमुख कमला काफ्लेले जानकारी दिइन्। उनका अनुसार, सरकारी वकिलको जवाफी बहस भने भोलि (बिहीबार) मात्र हुनेछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ पुस २०८१, १४ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धरौटी बुझाएर छुटिन् लीला पछाईं
सूर्यदर्शन सहकारी बचत अपचलन मुद्दा- कसलाई कति धरौटी मागियो ?
रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश
सरकारी वकिलको बहस सकियो, आजै आदेश आउने सम्भावना
प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस जारी
रविसहित ७ जनाकै बयान सकियो, थुनछेक बहस सुरु