सूर्यदर्शन सहकारी ठगी प्रकरण

रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश

सफल खबर संवाददाता

विहीबार, २५ पुस २०८१, १८ : ०८
रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश

काठमाडौं । जिल्ला अदालत कास्कीले  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई ६५ लाख धरौटीमा  छाड्न आदेश  दिएकाे छ ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्त लामिछानेलाई कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले धरौटीमा छाड्न आदेश दिएको हो ।

पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले अब अदालतले तोकेको धरौटी बुझाएर रिहा हुनेछन् भने तारेखमा रहेर मुद्दाको पुर्पक्ष गर्नेछन् ।