काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालस्थित शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त (यूएनएचसीआर)को कार्यालयका नेपाल प्रतिनिधि क्यारोलिन स्पानुथ बर्माले भेट गरेकी छिन् ।
प्रधानमन्त्रीको निवास बालुवाटारमा मङ्गलबार भएको भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले शरणार्थी समस्या समाधानमा प्राप्त सहयोगका लागि यूएनएचसीआरलाई धन्यवाद ज्ञापन गर्दै उक्त सहयोग निरन्तर रूपमा प्राप्त भइरहने विश्वास व्यक्त गरे । उनले विकासशील मुलुक भएकाले नेपालले आफ्नै धेरै समस्यासँग जुध्नुपर्ने भएकाले शरणार्थीको समस्यामा सहयोग आवश्यक रहेको बताए ।
नेपालमा बाँकी रहेका भुटानी शरणार्थीलाई स–सम्मान आफ्नै मुलुक फिर्ता हुने वातावरण तयार गर्नु पहिलो प्राथमिकतामा पर्ने विचार व्यक्त गर्दै प्रधानमन्त्री ओलीले त्यसो हुन नसक्ने अवस्थामा उनीहरूको तेस्रो मुलुकमा पुनस्र्थापना वा व्यवस्थापन हुनुपर्नेमा जोड दिए ।
उनले यसका लागि यूएनएचसीआरले सहयोग गर्ने विश्वास पनि व्यक्त गरे । त्यस अवसरमा नेपाल प्रतिनिधि बर्माले भुटानी शरणार्थीको समस्या समाधानमा चासो देखाउँदै शरणार्थीको व्यवस्थापनमा यूएनएचसीआरले सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन् । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ०५ फागुन २०७७, ०७ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजा ल्याउँछौं भन्नेहरु रक्सी चोर्दै भाग्दै हिँडेका छन्ः प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली आज दमक जाँदै
जागरण सभालाई सम्बोधन गर्न बुटवल पुगे प्रधानमन्त्री ओली
राष्ट्रिय सुरक्षाका लागि सक्षम जनशक्ति आजको आवश्यकता : प्रधानमन्त्री ओली
सरकारलाई बाध्य बनाउन कुनै आन्दोलन आवश्यक छैन : प्रधानमन्त्री ओली
नेपाल विद्धान र ऋषिहरूको देश हो : प्रधानमन्त्री ओली