अर्घाखाँची । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल ज्ञानको भूमि रहेको बताएका छन् । आज अर्घाखाँचीको पाणिनी सम्मेलन उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले यो देशमा गौतम बुद्ध, कपिलमुनी, वेदवासी जस्ता विद्धानहरू जन्मिएको प्रसंग निकाल्दै नेपाल धेरै विद्धान र ऋषिहरूको देश भएको बताए ।
उनले पाणिनी ऋषिले व्याकरणमा १४ वटा सूत्र निर्माण गरेको बताउँदै पछिल्लो समय एआईले पनि ती व्याकरणको सूत्र प्रयोग गरेको बताए । उनले पाणिनी ऋषि पाकिस्तानबाट आएको नभई यही जन्मिएको दाबी गर्दै पाणिनीका बुवा यहीँको भएको जिकिर गरे ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले परशुरामको बाल्यकालको कथा समेत सुनाएका थिए । उनले पाणिनिसँगै रुरु र श्रृगेस्वर जस्ता महत्त्वपूर्ण स्थान रहेको बताउँदै अर्घाखाँचीलाई ध्यान, ज्ञान र देवभूमिको रूपमा परिभाषित गरे ।
प्रधानमन्त्री ओलीले पाणिनिको योगदान असाधारण रहेको उल्लेख गर्दै अष्टाध्यायीमार्फत संस्कृत व्याकरणको ३ हजार ९ सय ५९ सूत्र निर्माण गरिएको र ती सूत्रहरू आजको आधुनिक प्रविधि, विशेष गरी कृत्रिम बौद्धिकता (एआई) विकासमा समेत प्रयोग भइरहेको बताए ।
पाणिनिले मात्र नभई शिव, सिंह ऋषि, पतञ्जलि, र अन्य महर्षिहरूको तप, साधना, योग, आयुर्वेद र ज्ञान साधनाको केन्द्र भएको यस भूमिलाई समुचित प्रचारप्रसार गरी धार्मिक तथा पर्यटकीय स्थलको रूपमा विकास गर्ने जिम्मा सरकारले लिने समेत प्रधानमन्त्रीले स्पष्ट पारे ।
कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, सांसद डा.चन्द्र भण्डारी लगायतले बोलका थिए । सम्मेलन बिहीबारसम्म चल्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ चैत्र २०८१, १५ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजा ल्याउँछौं भन्नेहरु रक्सी चोर्दै भाग्दै हिँडेका छन्ः प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली आज दमक जाँदै
जागरण सभालाई सम्बोधन गर्न बुटवल पुगे प्रधानमन्त्री ओली
राष्ट्रिय सुरक्षाका लागि सक्षम जनशक्ति आजको आवश्यकता : प्रधानमन्त्री ओली
सरकारलाई बाध्य बनाउन कुनै आन्दोलन आवश्यक छैन : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओलीद्वारा पाणिनि सम्मेलन उद्घाटन