संवैधानिक परिषद्को बैठक बुधबार बोलाईयो

सफल खबर संवाददाता

मंगलबार, २० माघ २०७७, ०७ : ५९
संवैधानिक परिषद्को बैठक बुधबार बोलाईयो

file photo

काठमाडौँ । संवैधानिक परिषद्को बैठक बुधबार बोलाइएको छ । निर्वाचन घोषणा भएको अवस्थामा सरकार कामचलाउ भइसकेको र विगतमा गरेको नियुक्तिको सिफारिसमाथि नै प्रश्न उठिरहेका बेला बैठक बोलाइएको हो ।

राष्ट्रिय सभा सचिवालय स्रोतका अनुसार साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्नेछ । पहिलो एजेन्डा संवैधानिक निकायमा नियुक्ति सिफारिस सम्बन्धमा र दोस्रो एजेन्डामा विविध उल्लेख गरिएको छ ।

प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवालाई भने बैठकको सूचना नआएको उनका सहयोगी भानु देउवाले बताए  ।

प्रतिक्रिया दिनुहोस