प्रधानमन्त्रीलाई स‌ंसद् विघटन गर्ने अधिकार छैन : सभामुख

सफल खबर संवाददाता

विहीबार, १६ पुस २०७७, १५ : २६
प्रधानमन्त्रीलाई स‌ंसद् विघटन गर्ने अधिकार छैन : सभामुख

काठमाडौँ । दसभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीलाई स‌ंसद् विघटन गर्ने अधिकार नभएको बताएका छन् । महिलाहरुको ध्यानाकर्षण पत्र बुझेपछि सभामुख सापकोटाले प्रधानमन्त्रीलाई स‌ंसद् विघटन गर्ने अधिकार नभएको बताए ।

पछिल्ला राजनीतिक घटनाक्रमलाई लिएर महिला संगठनहरुर्ले   बुझाएको ध्यानाकर्षण पत्र लिँदै सभामुख सापकोटाले भने, ‘मध्यवधि निर्वाचन अनावश्यक र सम्भव छैन ।’

अखिल नेपाल महिला संघ, समाजवादी महिला संघ र विवेकशील साझा महिला लगायतका संघसंस्थामा आवद्ध महिला संगठनहरुले संयुक्त रुपमा छलफल गरेर साझा धारणा बनाएर सभामुखसित भेट गर्न गएका थिए । 

प्रतिनिधिसभा विघटन प्रधानमन्त्रीको व्यक्तिवादी, अधिनायकवादी र निरंकुश चरित्रको परिणाम भएको भन्दै उनीहरुले ओलीद्वारा भंग घोषणा गरिएको प्रतिनिधिसभा पुनस्र्थापना हुनुपर्ने समाभुखलाई बुझाएको घोषणापत्रमा उल्लेख छ । उनीहरुले प्रतिनिधिसभालाई पुनःस्थापना गर्न नसकिएमा संविधान र आम नेपालीको भावना विपरीत हुने बताए।

सभामुख सापकोटाले भने, ‘मेरो भूमिकाका बारेमा राष्ट्रका सबै पक्षमा बृहत् छलफल गरेको छु । सुझाव लिएको छु । अहिले जुन गम्भीरताका साथ ध्यानाकर्षण गराउनु भएको छ, मेरो ध्यानाकर्षण भएको छ।’

प्रतिक्रिया दिनुहोस