उपचुनावमा कसैसँग तालमेल हुँदैन: प्रधानमन्त्री ओली

सफल खबर संवाददाता

मंगलबार, १८ भदौ २०८१, १८ : २५
उपचुनावमा कसैसँग तालमेल हुँदैन: प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको उपचुनावमा कसैसँग तालमेल नहुने बताएका छन् ।

केन्द्रीय कार्यालय च्यासलमा मंगलबार पोलिटब्यूरो बैठक उद्घाटन गर्दै अध्यक्ष ओलीले एमालेले एक्लै चुनाव लड्ने तयारी गर्नुपर्ने बताएका हुन् । ‘स्थानीय तहको उपचुनावमा हामी एक्लै लड्ने हो । त्यसैअनुसार अहिलेबाटै तयारी गर्नुपर्छ’, ओलीको भनाइ उधृत गर्दै एक जना पोलिट्ब्यूरो सदस्यले भने ।

ओलीले उपचुनावबाटै दलहरू एक्ला एक्लै प्रतिस्पर्धा गर्ने अवस्था बनाइने बताए । एमालेका ती पोलिट्ब्यूरो सदस्यका अनुसार ओलीले एमालेले एक्लै लडेर जित्न सरकारले गरिरहेको राम्रो कामको प्रचार र संगठन सुदृढीकरणमा जुट्न निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस