२० किलो गाँजासहित एकजना पक्राउ

सफल खबर संवाददाता

सोमबार, १३ पुस २०७७, १२ : ००
२० किलो गाँजासहित एकजना पक्राउ

मोरङ । अटोमा गाँजा राखेर भारततर्फ लैजाने क्रममा २० किलोग्राम गाँजासहित एकजना पक्राउ परेका छन् । मोरङको जहदाँ गाउँपालिकाबाट भारततर्फ लैजाँदै गरेको   सुनसरी बराहक्षेत्र नगरपालिका ७ गणेश राई पक्राउ परेका हुन् ।

सशस्त्र प्रहरी मोरङका प्रमुख प्रहरी उपरीक्षक तीर्थ पौडेलका अनुसार अटोमा गाँजा राखेर भारततर्फ लैजाने क्रममा को २ ह ४२४१ नम्बरको अटोको सिटमा फल्स बटन बनाएर लागुपदार्थ सहित अटो चालक ३१ वर्षीय राई पक्राउ परेका हुन् ।

सशस्त्र प्रमुख पौडेलका अनुसार शंकास्पद रुपमा सडकमा गुडिरहेको अटो नियन्त्रणमा लिएर चेकजाँच गर्ने क्रममा गाँजा फेला पारेको हो ।

चालक राई गाँजा ओसारपोसारमा संलग्न रहँदै आएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस