हत्या आरोपमा १ जना पक्राउ

सफल खबर संवाददाता

बुधबार, ०२ असोज २०८१, १२ : ४०
हत्या आरोपमा १ जना पक्राउ

बर्दिया। बर्दियामा महिलाको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।​ बारबर्दिया नगरपालिका- ५ तर्कापुरकी ३९ वर्षीया मीना थारूको हत्या गरेको आरोपमा सोही नगरपालिका- ११ जब्दीका ४० वर्षीय पप्पु भन्ने शिव चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनलाई गएराति पक्राउ गरिएको हो । शिवले धारिलो हतियार प्रहार गर्दा गम्भीर घाइते भएकी मीनाको नगर अस्पताल जयनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बर्दिया समेतबाट खटिएको प्रहरीले उनलाई बारबर्दिया नगरपालिका- ५ सिटिबरेलीबाट पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस