काठमाडौं । जुवातास खेलेको आरोपमा गोकर्णेश्वरबाट ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेल बुद्धचोकस्थित अन्जन श्रेष्ठको टहरामा जुवातास खेलिरहेको अवस्थामा आइतबार दिउँसो प्रहरीले ६ जनालाई पक्राउ गरेको हो ।
सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका–३ घर भएका ३० वर्षीय विनोद तामाङ समेत ६ जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६२ हजार ४ सय २५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३१ भदौ २०८१, १२ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अनलाइन जुवा खेलाएको आरोपमा ११ जना भारतीय नागरिक पक्राउ
जुवातास खेलेको आरोपमा १२ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा ४२ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा २७ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा काठमाडौँबाट ७ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा सातजना पक्राउ