काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरबार प्रवेश गर्ने कर्मचारीले तोकिएको पोशाक नलगाएको भन्दै चेकजाँच गरेको छ ।
सतर्कता केन्द्रले बुधबार सिंहदरबारको पूर्वी द्धारमा कर्मचारीहरुले पोशाक लगाए नलगाएको सम्बन्धमा चेकजाँच गरेको हो । सतर्कता केन्द्रका प्रहरी नायब उपरीक्षक (डिएसपी) कृष्णप्रसाद अधिकारीले विहान ९ बजेदेखि नै चेकजाँच गरिएको बताए ।
अधिकांश कर्मचारीले पोशाक नलगाएको पाइएपछि सचेत गराउन चेकजाँच गरेको अधिकारीले बताए । उनले सिंहदरबारभित्र काम गर्ने कर्मचारी र बाहिरबाट काम लिएर आउने कर्मचारी सबैले पोशाक लगाए नलगाएको जाँच गरिएको बताए । अधिकांश कर्मचारीले पोशाक नलगाएको पाइएको उनले बताए । पोशाक नलगाउने कर्मचारीलाई सचेत गराई प्रवेश गर्न दिइएको पनि डिएसपी अधिकारीले बताए ।
सरकारी कर्मचारीले पोशाक भत्ता बापत रकम लिने तर पोशाक नै नलगाउने गरेपछि अनुगमन गर्नुपरेको डिएसपी अधिकारीले बताए । अवदेखि नियमित रुपमा छड्के जाँच गरिने पनि उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ पुस २०७७, १३ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विपक्षी दलहरुको बैठक सिंहदरबारमा जारी
प्रहरीले खोस्यो हर्कको गाग्री
नयाँ आव सुरु भएसँगै प्रमुख प्रशासकीय अधिकृत खोज्न सिंहदरबार धाउँछन् जनप्रतिनिधि
नयाँ मन्त्रीलाई बधाई दिन जानेको भीडले सिंहदरबारमा जाम
बजेट पारित गर्न सिंहदरबारमा मन्त्रिपरिषद् बैठक