नयाँ आव सुरु भएसँगै प्रमुख प्रशासकीय अधिकृत खोज्न सिंहदरबार धाउँछन् जनप्रतिनिधि

पत्रपत्रिकाबाट

शुक्रबार, ११ साउन २०८१, ०७ : १२
नयाँ आव सुरु भएसँगै प्रमुख प्रशासकीय अधिकृत खोज्न सिंहदरबार धाउँछन् जनप्रतिनिधि

काठमाडौ । अरेक नयाँ आर्थिक वर्ष सुरु हुनेबित्तिकै सिंहदरबारमा बेग्लै चहलपहल हुने गर्छ ।

सिंहदरबारमा हुने यो चहलपहल बजेट र योजना माग गर्नेको नभई कर्मचारी माग गर्ने स्थानीय तहका जनप्रतिनिधिहरूको हो । 

नयाँ आव सुरु भएसँगै स्थानीय तहका जनप्रतिनिधि प्रमुख प्रशासकीय अधिकृत खोज्न सिंहदरबार धाउँछन् । यो समस्या धेरैअघिदेखि र बर्सेनि आउने भए पनि यसको समाधानका लागि ठोस प्रयास हुन सकेको छैन ।

त्यसै कारण यस वर्ष पनि स्थानीय तहका अध्यक्ष र प्रमुखहरू आफ्नो नेतृत्वको सरकार चलाउन प्रमुख प्रशासकीय अधिकृत खोज्न सिंहदरबार धाउन थालेका छन् । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस