काठमाडौं । संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याउने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम संवैधानिक हिसावले अनुचित रहेको नेकपाका बहुमत सचिवालय सदस्यले बताएका छन् ।
सरकारले मंगलबार अध्यादेश ल्याएापछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको सचिवालयका बहुमत सदस्यहरुको भेलाले प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै त्यसबारे पार्टी कमिटिमा गम्भिर निष्कर्ष निकालेको हो ।
‘बैठक जारी भएका बेला पार्टीलाई कुनै जानकारीसमेत नदिएर अध्यादेश ल्याउनुलाई हामीले गम्भीर विषयका रुपमा लिएका छौ’ बरिष्ठ नेता झलनाथ खनालले भने, ‘यसबारे पार्टीमा गम्भीर छलफल गर्छौ र निर्णय गर्छो ।’
संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी भएपछि कार्यकारी अध्यक्षप्रचण्डसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ खुमलटारमा भेला भएर छलफल गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० मंसिर २०७७, १९ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज पनि बस्दै सत्तारुढ दलको बैठक, भूमि सम्बन्धी अध्यादेशमा छलफल
अध्यादेश अघि बढाउने सत्तारुढ दलहरुबीच सहमति
अध्यादेश राष्ट्रिय सभाबाट पनि बहुमतले पारित हुनेमा प्रधानमन्त्री विश्वस्त
अध्यादेश पारित गर्न गणपूरक संख्या गन्ने बेला आइसकेको छैन : प्रधानमन्त्री ओली
सरकारले अलोकतान्त्रिक तरिकाले देश चलाउन खोज्यो : श्रेष्ठ
सरकारले ल्याएको अध्यादेश आज निर्णयार्थ पेस नहुने