काठमाडौ । आज पनि सत्तारुढ दलको बैठक बस्दैछ। बुधबार बिहान ११ बजे बस्ने बैठकमा भूमिसम्बन्धी अध्यादेशबारे छलफल हुने सत्तारुढ लोसपाका वरिष्ठ नेता तथा श्रममन्त्री शरतसिंह भण्डारीले जानकारी दिए।
सरकारले भूमिसम्बन्धी अध्यादेश पुनः अघि बढाउन खोजेको छ। त्यसका लागि मंगलबार पनि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताबीच छलफल भएको थियो।
आजको बैठकमा भूमि अध्यादेशप्रति असन्तुष्ट जसपा, नेपालका अध्यक्ष उपेन्द्र यादव पनि सहभागी हुने दाबी भण्डारीले गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले आह्वान गरेको हिजोको बैठकमा भने अध्यक्ष यादव सहभागी भएका थिएनन्।
यसअघि सरकारले ६ वटा अध्यादेश सदनमा पेस गर्दा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी भूमिसम्बन्धी अध्यादेश यथास्थितिमा समर्थन गर्न नसक्ने बताएका थिए।
त्यसपछि सरकारले भूमि अध्यादेश रोकेर अन्य अध्यादेश अघि बढाएको थियो। ती अध्यादेश दुवै सदनबाट पारितसमेत भइसकेका छन्।
हिजकाे बैठकमा प्रधानमन्त्री ओलीले भूमि सम्बन्धी अध्यादेशमा जसपा नेपाल र लाेसपाकाे केके विषयमा आपत्ति हो र त्यसलाई कसरी सच्याउन सकिन्छ भनेर नेताहरूसँग राय मागेका छन्।
हिजाेकाे बैठकमा प्रधानमन्त्री ओलीसँगै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई, जनमत पार्टीका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर लगायतका नेता सहभागी थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ चैत्र २०८१, १० : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अध्यादेश अघि बढाउने सत्तारुढ दलहरुबीच सहमति
अध्यादेश राष्ट्रिय सभाबाट पनि बहुमतले पारित हुनेमा प्रधानमन्त्री विश्वस्त
अध्यादेश पारित गर्न गणपूरक संख्या गन्ने बेला आइसकेको छैन : प्रधानमन्त्री ओली
सरकारले अलोकतान्त्रिक तरिकाले देश चलाउन खोज्यो : श्रेष्ठ
सरकारले ल्याएको अध्यादेश आज निर्णयार्थ पेस नहुने
अध्यादेश पारित गर्न राष्ट्रिय सभामा जसपा निर्णायक