काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले लगानी प्रवर्द्धन र आर्थिक गतिविधि सहज बनाउन ल्याएका अध्यादेश प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनबाट पारित हुने बताएका छन् ।
नेकपा एमाले बागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराईको नेतृत्वमा गएका जिल्ला इन्चार्जहरूसँगको भेटमा प्रधानमन्त्री ओलीले अध्यादेश दुवै सदनबाट बहुमतले पारित हुने बताएका हुन् ।
भेटमा प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेल, नेताहरू आनन्द पोखरेल,पार्वत गुरुङ, मनोजजंग थापा, देवी ज्ञवाली, खेम लोहनीलगायत थिए । पार्टीको गतिविधिहरूबारेमा जानकारी गराएपछि एक नेताले राष्ट्रिय सभाबाट अध्यादेश पारित नहुनेबारे जिज्ञासा राखेका थिए । जवाफमा ओलीले ‘केपी ओली भइन्जेल केही हुन्न,बेला आएपछि अध्यादेश टेबल हुन्छ र दुवै सदनबाट पारित हुन्छ’ भनेको एक नेताले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ फागुन २०८१, १३ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अध्यादेश अघि बढाउने सत्तारुढ दलहरुबीच सहमति
अध्यादेश पारित गर्न गणपूरक संख्या गन्ने बेला आइसकेको छैन : प्रधानमन्त्री ओली
सरकारले अलोकतान्त्रिक तरिकाले देश चलाउन खोज्यो : श्रेष्ठ
सरकारले ल्याएको अध्यादेश आज निर्णयार्थ पेस नहुने
अध्यादेश पारित गर्न राष्ट्रिय सभामा जसपा निर्णायक
अध्यादेशबारे आन्तरिक छलफलमा जुट्यो जसपा नेपाल