आफैं चढेको बसले किच्दा एकजनाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, २८ मंसिर २०७७, ०९ : १०
आफैं चढेको बसले किच्दा एकजनाको मृत्यु

गोरखा । गोरखामा आफैं चढेको बसले किच्दा एकजनाको मृत्यु भएको छ ।  जिल्लाको सिरानचोक गाउँपालिका–२ थालाजुङ्गमा आफै चढेको बसले बसले किच्दा ४८ वर्षीय बुद्घिबहादुर रम्तेलको मृत्यु भएको हो । 

गोरखा सदरमुकामबाट केराबारीतर्फ जाँदै गरेको ना ३ ख ८१४३ नम्बरको बसले किच्दा मृत्यु भएको प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ । दुर्घटनामा गम्भीर घाइते भएका रम्तेलको उपचारका लागि प्राथामिक स्वास्थ्य केन्द्र भच्चेकमा पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको थिए ।

सिरानचोक गाउँपालिकाको श्रीचौर घर भएका रम्तेललाई शनिबार साँझ बसबाट झर्ने क्रममा आफै चढेको बसको पछाडिको चक्काले किचेको हो । बस र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस