जिप पल्टियो, २ महिला र १ पुरुषको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, २८ भदौ २०८१, १० : ३८
जिप पल्टियो, २ महिला र १ पुरुषको मृत्यु

बागलुङ ।   बागलुङको गलकोट नगरपालिका–२ भुङ्खानीमा आज (शुक्रबार) जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

दुर्घटनामा दुई महिला र एक पुरुषको मृत्यु भएको हो।बागलुङ जिल्ला प्रहरी कार्यालयका अनुसार, गलकोटतर्फ जाँदै गइरहेको जिप दुर्घटना भएको हो।

दुर्घटनामा घाइते भएका र ज्यान गुमाएकाको परिचय खुल्न सकेको छैन। दुर्घटनामा एक पुरुष घाइते भएका छन्।

प्रहरी घटनास्थलमा पुगेर उद्धारमा जुटेको छ। घाइतेलाई उद्धार गरी बागलुङ अस्पताल पठाइएको छ।

प्रतिक्रिया दिनुहोस