रुपन्देहीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

सफल खबर संवाददाता

विहीबार, २७ भदौ २०८१, १४ : ३३
रुपन्देहीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा मोटरसाइकलले ठक्कर दिँदा एक जना पैदल यात्रीको मृत्यु भएको छ ।

बुटवल-भैरहवा सडक खण्ड अन्तर्गत तिलोत्तमा १५ कोटिहवास्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदल यात्री रोहिणी गाउँपालिका ६  बस्ने ४० वर्षीय सुभावती हरिजनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला  प्रहरी कार्यालय रुपन्देहीका अनुसार बुधवार राति मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी  हरिजनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा आज बिहान  मृत्यु भएको हो । फरार मोटरसाइकल चालकको खोजी कार्य जारी रहेको  प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस