रौतहटमा करेन्ट लागेर एक पुरुषको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, २८ भदौ २०८१, १२ : १८
रौतहटमा करेन्ट लागेर एक पुरुषको मृत्यु

रौतहट । रौतहटमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । बिहीबार साँझ फतुवा विजयपुर नगरपालिका–५ डुमरिया बस्ने ४५ वर्षीय मुक्ति नारायण पटेलको करेन्ट लागेर मृत्यु भएको हो ।

आफ्नै खेतमा सिञ्चाईका लागि विद्युतीय मोटरमा तार जोड्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भैरहेको जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस