युक्रेनको ड्रोनले आक्रमणमा परेर मस्कोमा एक महिलाको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, २५ भदौ २०८१, १३ : ३०
युक्रेनको ड्रोनले आक्रमणमा परेर मस्कोमा एक महिलाको मृत्यु

मस्को । रुसको मस्को नजिक एक महिलाको निधन भएको छ । युक्रेनले हानेको ड्रोनले अपार्टमेन्टमा लाग्दा आगलागी भएर ती महिलाको निधन भएको रुसी अधिकारीहरूले बताएका हुन् ।

रुसको रक्षा मन्त्रालयले बताएअनुसार रुसी सेनाले रातारात १४४ वटा युक्रेनी ड्रोन खसालेका छन् । २० वटा ड्रोन मस्कोको आकाशबाट खसाइएको बताइएको छ ।

ड्रोन आक्रमणमा परेर मंगलबार सबेरै दुई वटा अपार्टमेन्ट भवनमा क्षति पुगेको र कयौं फ्ल्याटमा आगो लागेको मस्कोका क्षेत्रीय गभर्नर अन्द्रेई भोरोब्योभले भनेका छन् । यस क्रममा एउटा अपार्टमेन्ट भवनको ११ र १२ औं तल्लामा आगलागी हुँदा रामेन्स्कोयेमा एक महिलाको निधन भएको उनले बताए ।

अरु तीन जना घाइते भएको बताइएको छ । प्रभावित भवनबाट ४३ जनालाई अन्यत्र सुरक्षित स्थलमा सारिएको उनले बताए । युक्रेनी हवाई आक्रमणबीछ मस्कोमा हवाई उडान स्थगित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस