रुख काट्ने क्रममा च्यापिएर मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, २८ भदौ २०८१, ०६ : ५३
रुख काट्ने क्रममा च्यापिएर मृत्यु

तनहुँ । तनहुँको भिमाद नगरपालिका–६ रङ्गशाला नजिकै रुख काट्ने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ। 

सोही वडाको मालेबगर बस्ने ५८ वर्षीय शेरबहादुर कुमालको च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। 

सिसौघारीमा रुख काटी डोरीले तान्ने क्रममा रुखले च्यापिएर घाइते भएका कुमाललाई प्राथमिक स्वास्थ्य केन्द्र भिमादमा उपचारका लागि लगिएको थियो। 

उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस