काठमाडौं । भारतको रिपब्लिक टेलिभिजनका प्रधान सम्पादक अर्नब गोस्वामी आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार गोस्वामीलाई मुम्बई प्रहरीले बुधबार पक्राउ गरेको हो ।
पीटीआईका अनुसार गोस्वामीलाई सन् २०१८ मा एक इन्टेरियर डिजाइनर र उनकी आमाको आत्महत्या प्रकरणमा पक्राउ गरिएको हो । रिपब्लिक टेलिभिजनले भने गोस्वामीलाई हातपात गर्दै मुम्बई प्रहरीले पक्राउ गरेको समाचार प्रसारण गरेको छ ।
टुंगो लागिसकेको मुद्दामा नियोजित रूपमा गोस्वामीलाई गिरफ्तार गरिएको टेलिभिजनको दाबी छ । ५३ वर्षीय इन्टेरियर डिजाइनर अन्वय नायक र उनकी आमा कुमुद सन् २०१८ मा घरभित्रै मृत भेटिएका थिए । कान्तिपुरमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, २० कार्तिक २०७७, ०७ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पत्रकार महासंघको निर्वाचनमा धाँधलीको दाबी
देशभरका पत्रकार चुनावमा व्यस्त
पत्रकार महासंघको निर्वाचन असार २२ मा
नेपाल पत्रकार महासङ्घले आज ६९ औँ स्थापना दिवस मनाउँदै