विराटनगर । मोरङमा दुई बेग्लाबेग्लै बलात्कार घटनाका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको बेलबारी नगरपालिका–१ स्थित अमना सिसौली जङ्गलमा यही कात्तिक १३ गते राति साढे ११ बजे सोही नगरपालिका–३ निवासी सुकमान तामाङले चक्रबहादुर चौधरीको सहयोगमा एक बालिकालाई बलात्कार गरी फरार रहेको अवस्थामा सोमबार प्रहरीले पक्राउ गरेको थियो ।
यस्तै सोही दिन दिउँसो करिब साढे ३ बजे मोरङको ग्रामथान गाउँपालिका–२ निवासी ४० वर्षीय जुमेश सरदारले स्थानीय एक युवतीलाई बलात्कार गरी फरार रहेको अवस्थामा सोमबार प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, १८ कार्तिक २०७७, १० : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
महोत्तरीमा १५ बर्षिय किशोरीमाथि जवर्जस्ती करणी
१९ वर्षीय किशोरी बलात्कृत
एकल महिलालाई करणी गरेपछि 'ब्ल्याकमेल' गर्ने एक जना पक्राउ